हातेमालो सहकारीको १९ औँ स्थापना दिवसमा विविध कार्यक्रम
हेटौंडा,१२ जेष्ठ । हेटौंडा–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार १९ औँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित मुख्य समारोहमा मन्त्री सिलवालले सहकारीलाई उत्पादनमुखी क्षेत्रमा जोडेर ऋण प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीहरू राष्ट्रिय आर्थिक समृद्धिमा सहायक बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायत वक्ताहरूले सहकारी क्षेत्रका सम्भावना र चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
संस्थाले स्थापना दिवसको अवसर पारेर जेठ ३ गते बालबचतकर्ताहरूलाई लक्षित गर्दै हस्तलेखन तथा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो। चित्रकला प्रतियोगितामा जानकी चौरेल प्रथम, सुविस्मा बोलखे द्वितीय, माहिर पराजुली तृतीय तथा पल्लवी तिमल्सिना सान्त्वना विजेता बने ।
त्यसैगरी हस्तलेखनमा ८ देखी १० वर्षको उमेरसमूहमा आर्यन दाहाल प्रथम, सिसम रायमाझी द्धितीय, आर्या दुलाल तृतीय र गरिमा दहाल सान्त्वना भएका थिईन् । १० देखी १२ उमेर समूहमा लक्ष्मी गूप्ता प्रथम, सिद्धार्थ राना द्धितीय, प्रजिता गौतम तृतीय र आरोही पौडेल सान्त्वना भएकी थिईन् । १२ देखी १५ वर्ष उमेरसमूहमा रेश्मा शिवभक्ती प्रथम, कौशिला पराजुली द्धितीय, श्रद्धा श्रेष्ठ तृतीय र रिदम पौडेल सान्त्वना भएको व्यवस्थापक रमला सापकोटाले बताउनुभयो ।
त्यस्तै, जेठ ८ गते बकैया गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा प्रविना नेपाली प्रथम, इन्द्रकुमारी स्याङ्बो द्वितीय, कञ्चन थिङ तृतीय तथा अनुष्का थापा र सामना गोले सान्त्वना विजेता बने । विजेता सबैलाई शनिबारको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।
सहकारीले पत्रकारिता क्षेत्रमा खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुनलाई सम्मान गरेको छ भने योग विज्ञ रामकृष्ण थापा र हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालालाई विशेष व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो ।
सहकारीले कार्यक्रममा असल बचतकर्ता,ऋणी सदस्य सम्मान र पुरस्कार वितरण सँगै संस्थापक, पूर्व समिति, हालको समिति, उपसमिति, कर्मचारी बीच समीक्षा कार्यक्रम समेत गरिएको छ । दिवसकै अवसरमा सहकारीले जेठ १२ गते दुई दिने कोन धुप बनाउने तालिमको आयोजना गरिनुका साथै १४ गते बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम र गोरक्षश्वर संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै स्थापना दिवस कार्यक्रमको समापन हुने संस्थाका सचिव सिताराम दाहालले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, संस्थाका पूर्व अध्यक्ष नुरप्रसाद गौतम, नेफ्स्कुन हेटौंडाका सदस्य राजुप्रसाद गौतम, जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका विक्रम पौडेल, यूवा साकोसका प्रतिनिधि बलराम घिमिरे, साइराम साकोस उपाध्यक्ष संचिता भट्टराई, संस्थाका कानूनी सल्लाहकार अरुणकुमार खतिवडालगायतको आतिथ्यता रहेको थियो ।
























