हातेमालोद्वारा महिला लक्षित धुप बनाउने तालिम सम्पन्न

हेटौंडा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताव्यापी कार्यक्रम अन्तर्गत महिला सदस्यहरूका लागि लक्षित कोनधुप तथा बाटेको धुप बनाउने दुईदिने तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा तालिमको सहजीकरण प्रशिक्षक अम्विका खतिवडाले गर्नुभएको थियो । तालिममा ३४ जना महिला शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको संस्थाका व्यवस्थापक रमला सापकोटाले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरूले धुप बनाउने सिप सिक्न पाउँदा आत्मनिर्भरता र सानो व्यवसाय सञ्चालनतर्फ प्रेरणा मिलेको बताएका छन् । सहभागीहरूले हातेमालो सहकारीले सञ्चालन गरेको व्यावसायिक तालिमको खुलेर प्रशंसा गरेका थिए ।

जेठ ११ गते सुरु भएको तालिमको आज समापन गरिएको हो । सहकारी संस्थाका सचीव सिताराम दाहालले आगामी दिनमा समेत यस्ता उद्यमशीलता प्रवर्द्धन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*