प्रेस युनियनद्वारा संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण
हेटौंडा । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले शुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण गरेको छ ।
हेटौंडा–१० अवस्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण गर्दै नेपाल प्रेस युनियन मकवानपुरले ३४ औं स्थापना दिवस मनाएको छ ।
युनियन ३४ औं स्थापना दिवसको अवसरमा जेठ १२ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने केन्द्रीय सर्कुलर अनुसार मकवानपुर शाखाले शुभकामना आदानप्रदानसँगै विद्यालयलाई खाद्यान्न वितरण गरेको हो ।
युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष राममणि दाहालको प्रमुख आतिथ्यतमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारीलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
























