अडानको केन्द्रिय उपाध्यक्षमा मकवानपुरका ढुङ्गाना
हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौं राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका राजेन्द्र प्रसाद ढुङ्गाना केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी लेखा परीक्षकको रुपमा दशकौँदेखि लेखा परीक्षण क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
महाधिवेशनले तेज प्रसाद आचार्यलाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको छ । आचार्य पनि मकवानपुरकै प्रतिनिधित्व गर्दै अडानको नयाँ कार्यसमितिमा चयन भएका हुन । दुबै जना लामो समयदेखि रजिष्ट्रड अडिटरका रुपमा पेशागत सेवा दिँदै आएका अनुभवी व्यक्तित्व हुन् ।
महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा नवनिर्वाचित ८४ सदस्यीय कार्यसमिति गठन गरेको हो । महाधिवेशनले लेखा पेशालाई थप व्यवस्थित, मर्यादित र समसामयिक बनाउने लक्ष्यसहित आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
























