अब बिहानैदेखि मकवानपुरमा राष्ट्रिय परिचयपत्र सेवा

हेटौँडा । राष्ट्रिय परिचयपत्र सेवामा दिनप्रतिदिन बढ्दो चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा समय विस्तार गरेको छ।

कार्यालयका अनुसार आगामी जेठ २६ गतेदेखि राष्ट्रिय परिचयपत्र शाखा बिहान ७ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म खुला रहनेछ। यस निर्णयले विवरण दर्ता गराउन आउने वा तयार भइसकेको परिचयपत्र लिन आउने सेवाग्राहीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयको सीमित जनशक्ति तथा सेवाग्राहीको चापको सन्तुलन मिलाउन सेवा समय लम्ब्याउने निर्णय लिएको हो। सेवाग्राहीहरूले यस नयाँ समयतालिका अनुसार सेवा लिने तयारी गर्न कार्यालयले अनुरोध गरेको छ।

प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रभावकारी र छिटोछरितो बनाउन यो व्यवस्था गरिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*