हेटौँडामा सुपरफाष्ट चार्जिङ स्टेशन

हेटौँडा । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सुपरफाष्ट चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।

नेपाली बजारमा विद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने उद्योगका रुपमा नाम कमाएको निक ले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफाष्ट चार्जिङ स्टेशनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् । स्टेशन उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नया ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभर लैजानु जरुरी रहेको बताए । उनले वातावरण संरक्षणका लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाव दिए ।

स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक स्रोत यहीं रहन सहज हुने बताएका उनले नया“ प्रविधि नेपालमा ल्याएको हुवाबेलाई उता रहेका ज्ञानलाई नेपाली बजारमा ल्याउदै सहकार्यको वातावरण बनाउन आग्रह गरे । यसले नेपाली बजारमा रोजगारीको अवसर प्रदान गर्न मद्धत पुग्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानका रुपमा रहेको हरित हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्धत पुग्ने बताइन् । धुवाधुलोबाट सुरक्षित रहदै प्रदेशको राजधानी शहरको वातावरण सफा राख्न सकिने उनको भनाइ थियो । सरकार र निजी क्षेत्रले नेपाली स्रोत परिचालन गर्दै उत्पादन भएको विद्युत् यहीं प्रयोग गर्दा वातावरणमैत्री हुने भन्दै उनको भनिन्‌ स्टेशनले सवारीबाट हुने प्रदुषण रोक्न र हेटौंडालाई सुन्दर बनाउन भूमिका खेल्ने छ ।

चाइनाको प्रतिष्ठित कम्पनी हुवाबे सगै गाडी चार्जको सहकार्यमा निकले ४ सय किलोवाट्को स्टेशन सञ्चालनमा ल्याइएको छ । न्यूनतम् इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेशनबाट ५ देखि १५ मिनेटभित्र सवारी पूर्णचार्ज हुने गाडी चार्जिङ स्टेशन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् । करिब ११ महिनाको प्रयासपछि हरित नगर हेटौंडामा वातावरणमैत्री सेवा सञ्चालनमा ल्याउन सकिएको उनले बताइन् । स्टेशनमा ५ वटा प्वान्टमार्फत् सवारी चार्ज गर्न सकिने व्यवस्था छ ।

स्टेशनमा विद्युत् आपूर्ति बन्द हुन नदिन २४०/२२० केभीका सोलारको व्यवस्थापन गरेको बताइएको छ । निकले हरित हेटौंडामैत्री उत्पादन प्रक्रियामा ध्यान दिदै काम अघि बढाएको जनाएको छ । गाडी चार्जस“गको समन्वयमा पहिलो पटक ल्याएको प्रविधिलाई बिस्तार गरिने कम्पनीले जानकारी दिएको छ । स्टेशन उद्घाटनसग हरेक चार्जिङ प्वाइन्टनजिक हरियो शहरका रुपमा बिरुवा रोपिएको छ ।

निकका प्रवन्ध निर्देशक कुशकुमार जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हुवाबे नेपाल प्रमुख जेम्स, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेसीकी प्रतिनिधि रेशा प्रिया, उद्योग परिसंघ वागमती प्रदेश अध्यक्ष लेखराज पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*