मकवानपुरका जनक लामाको ‘माछी खोलिमा’ गित सार्वजनिक

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं–७ का गायक जनक लामा र गायिका जितु लोप्चनको सशक्त स्वरमा सजिएको नयाँ सेलो गीत ‘माछी खोलिमा’ सार्वजनिक भएको छ । जनक लामा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक–स्रोताको मन जित्न सफल भएको छ ।

गीतका शब्द प्रज्वल दोङले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् । सानोबाबु घिसिङले एरेन्ज, मिक्सिङ गरेको गीत फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको हो।

यो समाचार तयार पार्दाको समयमा गीतले ३ दिनमै १९ हजारभन्दा बढी भ्यु पाइसकेको छ । ‘माछी खोलिमा’ गीतले तामाङ समुदायको सांगीतिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै समग्र नेपाली लोकसंस्कृतिको सम्वर्द्धनमा योगदान दिने गायक जनक लामाले बताए । साथै गायक लामाले अर्को गित पनि छिट्टै बजारमा आउन लागेको जानकारी दिएका छन् ।
हेर्नुहोस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*