मकवानपुरको थाहा नगरपालिकामा एक महिलाको हत्या

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको हत्या भएको छ ।

बिहीबार दिउँसो अन्दाजी ५० वर्षीया तुलमाया गोपालीको हत्या आफ्नै देवर अन्दाजी ३५ वर्षीय विमलमान गोपालीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको  प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गोपालीलाई नियन्त्रणमा लिइएको छ र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*