हेटौँडामा ७८ मिलिमिटरभन्दा बढी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । बागमती प्रदेशको भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र सिन्धुलीसहित कोशी प्रदेशका झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा हाल वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि वर्षा जारी छ । महाशाखाले मकवानपुर जिल्लाको हेटौँडामा मात्र ३ घण्टाको अवधिमा ७८ मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ । यसले गर्दा नदी किनार र आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको मेलम्ची र भक्तपुरको नगरकोट क्षेत्रमा पनि भारी वर्षा भएको छ । महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरू साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*