दुर्घटनामा हेटौंडाका एकै परिवारका आमा,छोरा र गर्भवती बुहारीको मृत्यु

हेटौंडा । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान बस र माइक्रोबस ठोक्किएर ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये हेटौंडाका एकै परिवारका आमा, छोरा र गर्भवती बुहारी रहेका छन ।

धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको हो । चितवनका डीएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा पाँच महिला र दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैनाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र २७ वर्षीया गर्भवती बुहारी रेनुका कँडेल छन ।

अन्य मृतकहरूमा मकवानपुरकै ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहट चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारी र माइक्रोबस चालक हेटौंडा–१० का राजु थिङ रहेका छन ।

अझै एक महिलाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पताल भरतपुरमा राखिएको छ । घाइतेहरूको भरतपुरस्थित एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*