लामिडाँडा–सिमभञ्ज्याङ सडक दिउँसो ४ घण्टा बन्द हुने

हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन कार्य गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक गरेको सूचनामा शुक्रबार र शनिबार त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत रानीभञ्ज्याङ क्षेत्रमा मर्मत सम्भार र ह्युम पाइप बिछ्याउने काम हुने भएकाले दुई दिन दैनिक चार घण्टा राजपथ बन्द गरिने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*