एमनेस्टी समूह ६७ हेटौंडाको संयोजकमा प्रलाद घिमिरे चयन

हेटौंडा । एमनेस्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको २६ औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समूहको नयाँ नेतृत्व चयन गर्दै प्रलाद घिमिरेलाई सर्वसम्मत रूपमा संयोजक (अध्यक्ष) मा चयन गरेको हो ।

नवगठित कार्यसमितिमा आशा ढकाल उपसंयोजक, पूर्णप्रसाद अर्याल सचिव, देवकुमारी ढकाल सहसचिव र प्रभाकुमारी घिमिरे पौडेल कोषाध्यक्षमा चयन भएका छन् । समितिका सदस्यहरूमा त्रिलोकमोहन थिके, सुशिलप्रसाद पराजुली, राजकुमार के.सी. र हिरा बर्तौला चयन भएका छन् ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरिएको “ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान” यस वर्ष वरिष्ठ अधिवक्ता संविधानसभा सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई प्रदान गरिएको थियो ।

साधारणसभा हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिपिन बुढाथोकी, समूहका पूर्व अध्यक्षहरू बिजेन्द्रकुमार अग्रवाल, ह्यग्रिव आचार्य, विजयकुमार वैद्य, उत्तम शर्मा ढकाल, नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, फरेष्टी युथ नेटवर्कका अध्यक्ष कुशल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा क्रियाशील एमनेस्टी इन्टरनेसनलले विश्वभर व्यक्तिको नैसर्गिक अधिकारको वकालत गर्दै विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*