काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।