गुरु पूर्णिमाको अवसरमा मकवानपुरका निवृत्त शिक्षक सम्मानित

हेटौंडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले आज गुरु पूर्णिमाको अवसरमा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा ९ जना ज्येष्ठ निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको हो ।

केशव प्रसाद शर्मा न्यौपाने, शंकरप्रसाद लामिछाने, विष्णुप्रसाद सुवेदी, नागेन्द्र ठाकुर, प्रेमजी श्रेष्ठ, शिवप्रसाद गिरी, निरञ्जन अधिकारी, सानुनानी अधिकारीलाई ज्येष्ठ नागरिक शिक्षक सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा ‘राम–सावित्री नेपाली भाषा शिक्षक सम्मान २०८२’ गोविन्द आचार्यलाई प्रदान गरिएको छ । राम–सावित्री नेपाली भाषा शिक्षक सम्मान ध्रुव भुजेलको मातापिताको नाममा स्थापना गरिएको हो ।

समाजका अध्यक्ष सिताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय समितिका महासचिव अभिमन्यु गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका सल्लाहकार हरि प्रसाद सिग्देल,रमेश लामिछाने,अरुणकुमार खतिवडा,बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमान अध्यक्ष शिवदयाल यादव, लगायत निवृत्त शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*