हेटौंडा सिटी कलेजमा रक्तदान
हटौंडा । हेटौंडा–५ स्थित हेटौंडा सिटी कलेजमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा सिटी कलेज तथा जेनीथ सेकेन्डरी स्कुलको सामाजिक सेवा क्लबको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
गुरु पूर्णिमाको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेका कलेजका शिक्षक सुमन्त सिलवाल जानकारी दिनुभयो । कार्यक्रममा कलेज र विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रम हेटौंडा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।
























