कान्तिराजपथमा खुल्यो फ्रयाङ्कलिन एजुकेशन,१७ जनालाई स्पट अफर लेटर

हेटौंडा । हेटौंडा–६ चौघडाबाट सेवा दिँदै आएको फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले अब हेटौंडा–२ स्थित कान्तिराजपथको लक्की प्लाजाबाट आफ्नो सेवा विस्तार गरेको छ । शुक्रबार आयोजित उद्घाटन समारोहका अवसरमा कन्सल्टेन्सीले १७ जना विद्यार्थीलाई विभिन्न देशका शैक्षिक संस्थाहरूमा उच्च अध्ययनका लागि स्पट अफर लेटर प्रदान गरेको छ ।

फ्रयाङ्कलिन एजुकेशनका प्रबन्धक निर्देशक आलोक श्रेष्ठका अनुसार उक्त कार्यक्रममा युकेका लागि ८, क्यानडाका लागि ३ र अष्ट्रेलियाका लागि ६ जना विद्यार्थीलाई अफर लेटर प्रदान गरिएको हो । “हामीले चौघडाबाट सेवा दिँदै आएका थियौं, अब कान्तिराजपथको लक्की प्लाजाबाट सेवा दिन थालेका छौं,” श्रेष्ठले बताए ।

उद्घाटन कार्यक्रममा करिब ७५ जना विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा युके, क्यानडा, जर्मनी र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उनीहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श समेत प्रदान गरेका थिए ।

श्रेष्ठका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र सहित उपस्थित भई युनिभर्सिटी प्रतिनिधिहरूसँग बिटुबि कनेक्सन, स्पट अफर लेटर लगायतका सेवा प्राप्त गरेका थिए । सहभागीहरूमध्ये केहीलाई प्रमाणपत्र र विभिन्न उपहारसमेत प्रदान गरिएको थियो । नगद पुरस्कार भने आइतबार वितरण गरिने जानकारी दिइएको छ ।

फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले युके, क्यानडा, अमेरिका, अष्ट्रेलिया, जर्मनी, डेनमार्क, फिनल्याण्ड लगायतका मुलुकहरूमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी पठाउँदै आइरहेको बताएको छ । कन्सल्टेन्सीका निर्देशक श्रेष्ठ आफैं युकेको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन । फ्रयाङ्कलिन एजुकेशनको कार्यालय हाल हेटौंडा, काठमाडौं, पोखरा, लण्डन र क्यानडामा संचालनमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*