हेटौंडाको हुप्राचौरमा जलबेरी सोडा हाउस खुल्यो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ नामक नयाँ व्यवसाय सञ्चालनमा आएको छ । शुक्रबारदेखि संचालनमा ल्याइएको उक्त सोडा हाउसले गर्मी याममा स्वादिलो र स्वास्थ्यलाभदायक पेय विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।

उक्त सोडा हाउसका प्रोप्राइटर सुशान्त ढुंगानाका अनुसार जलबेरी सोडा हाउसमा विभिन्न स्वाद र फ्लेभरका सोडा उपलब्ध गराइएको छ । आँप, सुन्तला, मसला,लेमन, ब्लुबेरी, स्ट्रबेरी, स्विट लेमन,हयाङ ओभर सोडा,लगायत स्वादका सोडाहरू रहेकाछन् । सोडा तयार गर्दा स्वच्छता, स्वाद र गुणस्तरमा विशेष ध्यान दिइएको ढुंगानाले जानकारी दिए । सोडा हाउसमा आयुर्बेदिक मसला सहितको ग्यास्टिक सोडा समेत रहेको उनले बताए ।

उनले भने, “गर्मी मौसममा चिसो पेय पदार्थको माग अत्यधिक हुन्छ । बजारमा उपलब्ध धेरै बोटलिङ्ग ड्रिङ्कहरूमा रसायनको प्रयोग हुने भएकाले हामीले स्वास्थ्यका लागि सुरक्षित र प्राकृतिक स्वादयुक्त सोडाको विकल्प दिन खोजेका हौं।”

ग्राहकहरूको रुचि र सुझावअनुसार भविष्यमा सोडा बाहेक अन्य आईटमहरु पनि थप गर्ने योजना रहेको ढुंगानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*