मकवानपुरका गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल जनक लामा मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन् ।

कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको उक्त गीतमा प्रेमिल भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । गीत सुशिल तामाङले लेखेका हुन् भने संगीत चेतन लामाले संयोजन गरेका छन् । एरेन्ज जोगलाल लामाको रहेको छ ।

‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो ।

गायक लामाले यसअघि सार्वजनिक गरेको गीतले पनि थुप्रै चर्चा बटुलेको थियो । गीत सार्वजनिकसँगै सामाजिक सञ्जालमा श्रोताले सकारात्मक प्रतिक्रिया जनाएका छन् । गायक लामाले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् । गायक लामा मकवानपुरको बकैया गाउँपालिका–७ निवासी हुन ।
अडियो संस्करण हेर्नुहोस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*