हेटौँडाका खतिवडा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुदै

हेटौँडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (आइकेओ युनियन) हेटौंडाले संघका सल्लाहकार तथा खेलाडी सुदर्शन खतिवडालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन एक विशेष कार्यक्रमका बीच बिदाई गरेको छ ।

खतिवडा यहि जुलाई २६ देखि २८ सम्म अजरबैजानको बाकुमा आयोजना हुने अन्तर्राष्ट्रिय बुडो मार्सल आर्ट्स च्याम्पियनसिप २०२५ मा सहभागी हुन हेटौंडाबाट प्रस्थान गर्न लागेका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी खतिवडा रामशरण खतिवडा र तारादेवी खतिवडाका माइलो छोरा हुन् । वि.सं. २०३९ मा जन्मिएका उनले सानै देखि क्योकुशिन कराते खेलमा सक्रिय सहभागिता जनाउँदै आएका थिए ।

विगतमा विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी भई सफलता प्राप्त गरिसकेका खतिवडाको अन्तर्राष्ट्रिय सहभागिता गौरवपूर्ण हुने विश्वास लिएको संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपानेले बताए । उनले खतिवडाको अनुभव र मेहनतले देश र जिल्लाको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर हुने अपेक्षा पनि राखेका छन । ।

खतिवडाको बिदाई कार्यक्रममा वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सविन भट्टाचार्यको विशेष उपस्थितिसहित संघका केन्द्रिय उपाध्यक्ष विष्णु श्रेष्ठ, जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने, उपाध्यक्ष अशोक डिमडुङ, सुसन श्रेष्ठ, सुमन कर्माचार्य, शशी बिके, अमृत सुनारलगायत अन्य पदाधिकारी, प्रशिक्षक र खेलाडीहरूको उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*