अन्तर्राष्ट्रिय प्रतियोगितामा मकवानपुरका सुदर्शन खतिवडाको दुई पदक

हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघका खेलाडी सुदर्शन खतिवडाले अजरबैजानको बाकु सहरमा सम्पन्न ‘अन्तर्राष्ट्रिय बुडो मार्सल आर्ट्स प्रतियोगिता २०२५’ मा एक स्वर्ण र एक रजत पदक जित्न सफल भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१८ निवासी खतिवडाले ८५ केजी तौल समूहमा फुलकन्ट्र्याक्ट करातेतर्फ स्वर्ण पदक तथा किक बक्सिङतर्फ रजत पदक जितेका हुन्। साउन ८ गतेदेखि १२ गतेसम्म बाकुमा आयोजित उक्त प्रतियोगितामा उनले नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

सानै उमेरदेखि क्योकुशिन करातेमा सक्रिय रहेका खतिवडा यसअघि पनि राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हाल उनी मकवानपुर क्योकुशिन कराते संघका सल्लाहकार समिति सदस्य तथा नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रीय सदस्य हुन् ।

सुदर्शन खतिवडा मकवानपुरका एक सफल व्यवसायीसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*