जनसेवकको १७ औं स्थापना दिवसमा १७ नयाँ सेयर सदस्य

हेटौँडा । हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडले सोमबार १७ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।

कार्यक्रमका अवसरमा सहकारीमा १७ जना नयाँ सेयर सदस्यलाई एकै दिन सदस्यता प्रदान साथै स्वागत तथा शुभकामना अदानप्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष वसन्तराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ सेयर सदस्यहरूलाई प्रमुख अतिथि लामिछानेले खादा ओढाई स्वागत तथा अध्यक्ष गौतमले सेयर प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिति थियो ।

संस्थामा हालसम्म ९६१ जना सेयर सदस्य आबद्ध छन् । सहकारीको कुल पूँजी ७ करोड २० लाख रुपैयाँ रहेको छ । त्यसमध्ये सेयर पूँजी १ करोड २० लाख रुपैयाँ, बचत ५ करोड ३ लाख रुपैयाँ र ऋण लगानी ५ करोड ६३ लाख रुपैयाँ रहेको सहकारीका व्यवस्थापक राजकुमार चौलागाईंले जानकारी दिए ।

सहकारीले हाल हेटौंडा सिमेन्ट, शिवम सिमेन्ट र ऋषि सिद्धि सिमेन्टको बिक्री तथा वितरण गर्दै आएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिहरूले सहकारीको आगामी कार्ययोजनाका बिषयमा छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*