उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली तथा आसपासका क्षेत्रबाट १३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रभावित क्षेत्रबाट शुक्रबार १ र शनिबार १२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाको नाम खुले पनि थर र ठेगाना स्पष्ट हुन नसकेको दूतावासले जनाएको छ ।

वीरेन्द्रलाई शुक्रबार उद्धार गरिएको छ । शनिबार ठेगाना नखुलेका प्रशंसा शाह, कोमल शाह र रमन शाहको उद्धार गरिएको छ । उनीहरू एकै परिवारका हुन् । यसैगरी गंगा र उनका श्रीमान् दिनेशको पनि उद्धार गरिएको छ । दूतावासका अनुसार सूर्य शाही, प्रवीण सिंह, नवराज बोहरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाहीको समेत उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा छन् । ‘अहिलेसम्म १३ जना नेपालीको उद्धार भएको छ, अन्यको अवस्थाबारे अझै केही जानकारी छैन,’ दिल्लीस्थित दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘अवस्था सहज हुँदै गएपछि नेपालीको अवस्थाबारे पनि थप जानकारी आउनेछ ।’ उनका अनुसार हालसम्म धराली र गंगोत्री क्षेत्रबाट ९ सय ७५ जनाको उद्धार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*