निर्मल बहुमुखी क्याम्पसद्वारा प्लस टु उत्तीर्ण विद्यार्थीलाई स्वागत तथा सम्मान

स्नातक अध्यन गर्न वडाध्यक्ष खनाल भर्ना भए

हेटौंडा । हेटौंडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसले प्लस टु (कक्षा १२) उत्तीर्ण गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । मंगलबार सम्पन्न सो कार्यक्रममा क्याम्पसका सञ्चालक समिति अध्यक्ष राजकुमार भेटवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले क्याम्पसमा स्नातक तह पहिलो वर्षमा नियमित भर्ना हुने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले शिक्षामा लगानी गर्नु भविष्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न आफु सधैं तयार रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिव खनालले आफूले ४८ वर्षको उमेरमा ११ कक्षा भर्ना भएर पढाइ सुरु गरेर प्लस टु पास गरेको अनुभव सुनाए । “विद्यालय उमेरमा पढ्ने रहर हुँदाहुँदै छाडेको थिएँ, अहिले फेरि यसै क्याम्पसमा ब्याचलर भर्ना भएको छु,” उनले भने । साथै जनप्रतिनिधिको रूपमा व्यस्त भए पनि अब अध्ययन र जनसेवा दुवैलाई सँगसँगै अगाडि बढाउने अठोट लिएको बताए ।

क्याम्पस प्रमुख सुभाषचन्द्र कँडेलले क्याम्पसले हालसम्म गरेका गतिविधि र हासिल गरेका उपलब्धिहरूबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख प्रबोध विडारी, क्याम्पस समितिका सल्लाहकार हरिवंश भेटवाल, रामचन्द्र बर्तौला, कोषाध्यक्ष सागर उप्रेती, सदस्य कृष्ण पौडेल, विक्रम पण्डित, मदन लामा, लोकबहादुर लामा, मानविकी संकाय प्रमुख माधव प्रसाद गौतम, प्राध्यापक संघका सभापति गोपीरमण प्याकुरेल,शिक्षा शास्त्र संकाय प्रमुख सुनिल लामा, बाणिज्य संकाय प्रमुख दीपक देवकोटा, स्ववियु सभापति प्रशान्त भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन तथा सहजिकरण सहायक क्याम्पस प्रमुख राममणि बर्तौलाले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*