मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत, पक्षमा ६३ सांसद

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बानियाँले विश्वासको मत पाएका हुन् ।

११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको मत आवश्यक पर्नेमा उनले एमाले र कांग्रेसका सांसदहरूको ६३ मत प्राप्त गरेका छन् ।प्रदेशसभाको बैठकमा उपस्थित ९२ सदस्य मध्ये उनको विपक्षमा २२ मत प्राप्त भएको छ भने ७ मत तटस्थमा परेको छ । बानियाँ साउन २० गते बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*