महाधिवेशन तयारीमा तरुण दल मकवानपुर

हेटौंडा । नेपाल तरुण दल मकवानपुरले यही मंसिरमा हुने पाँचौं महाधिवेशनको तयारीलाई तिव्रता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महाधिवेशनको सन्दर्भमा मकवानपुर जिल्लास्तरीय तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल तरुण दल मकवानपुरले बुधबार जिल्ला कार्यसमितिको बैठक सम्पन्न गरेको हो । अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ २१ गते शनिबार नेपाली कांग्रेस र तरुण दलको संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त संयुक्त बैठकको अवसरमा साधारण सदस्य नविकरण तथा नयाँ र पूर्णकालिक सदस्यता वितरणसमेत गरिनेछ । सदस्यता शुल्क ५ सय रुपैयाँ निर्धारण गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङका अनुसार महाधिवेशन २०८२ साल मंसिर २६, २७, र २८ गते सम्पन्न हुने तय भएको हो ।

त्यस्तै, बैठकले बागमती प्रदेशका नेपाली कांग्रेस सभापति तथा मकवानपुर क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्ने निर्णयसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*