अपांगता भएकालाई अचार उत्पादन र वित्तीय साक्षरता तालिम
हेटौंडा । अपांगता भएका महिलाहरूको सशक्तिकरणका लागि हेटौंडामा अचार उत्पादन तथा वित्तीय साक्षरता सम्बन्धी १० दिने तालिम सुरु भएको छ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग रोटरी क्लब हेटौंडाले आयोजना गरेको सो तालिमको उद्घाटन शुक्रबार उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नुभएको हो।
कार्यक्रममार्फत सहभागी महिलाहरूलाई उद्यमशीलता, आयआर्जनका अवसर र आर्थिक व्यवस्थापनबारे ज्ञान दिइने आयोजकले जनाएको छ। तालिमले अपांगता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
























