सिरहामा आमा र छोराको शव भेटियो

काठमाण्डौ । सिरहाको लहानमा आमा र छोराको शव भेटिएको छ । लहान नगरपालिका–१२ घर भई लहान–१ मा डेरा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उहाँका ५ वर्षीय छोरा डेरामै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रञ्जिताकै अर्का ९ महिने शिशु गम्भीर अवस्थामा भेटिएका छन् । शिशुको उद्धार गरी प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्त शर्माले जानकारी दिनुभयो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा ५ वर्षीय छोराको विषादीका कारण ज्यान गएको, अर्का शिशु बिरामी परेको र आमाले आत्महत्या गरेको प्रहरीको भनाइ छ । यसअघि श्रीमानसँग रञ्जिताको झगडा भएको प्रारम्भिक जानकारीमा आएको र थप अनुसन्धान भईरहेको एसपी शर्माले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*