चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुने

काठमाडौँ । सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दसैँतिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार खाद्य कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा प्रतिकेजी दुई रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइने छ ।

कम्पनीका बिक्रीवितरण विभागका प्रमुख भीमबहादुर थापाले गएको साउन २६ गते नै खाद्य कम्पनीबाट खाद्यवस्तुमा छुट गरिने मूल्य, पसलको सङ्ख्या र सञ्चालन गरिने पसलका स्थानसहितको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जानकारी गराउनुभयो । सरकारको मन्त्रीस्तरको निर्णय अनुसार उक्त प्रस्ताव स्वीकृत भएसँगै उद्योग मन्त्रालयले निर्णय सोमबार कम्पनीमा पठाएको पनि उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*