हेटौंडामा ९ वर्षीया बालिका मृत अवस्थामा फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ मृत अवस्थामा फेला परेकी छन् ।

प्रभा थिङ भदौ १७ गते दिउँसो करिब ४ बजे आफ्नै घरबाट एक्लै निस्किएपछि वेपत्ता भएकी थिइन् ।

परिवारजन तथा प्रहरीद्वारा खोजी गर्ने क्रममा आज बिहान उनको शव घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ रहेको राप्ती खोलाको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*