हेटौंडामा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लागी एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धन बहादुर स्याङतानले सञ्चालन गरेको किराना पसल अगाडि अचानक परेको चट्याङ लाग्दा हेटौंडा–१६ सानो आकाशधारा घर भई हाल जिल्ला बारा, निजगढ बस्ने ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*