फ्रेस मसला किन्दा थाइल्याण्ड भ्रमण र खसी उपहार

हेटौंडा । हेटौंडामा रहेको कन्चनजङ्गा प्याकेजिङ एन्ड डिष्टिब्युटर्स प्रालिले नेपालको महान चाड दशैंलाई लक्षित गर्दै “फ्रेस मसलाको फेस्टिबल प्याक” खरिदमा उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत प्रत्येक हप्ता लक्की ड्रमार्फत विजेतालाई ३० केजीको खसी उपहार दिइनेछ भने बम्पर उपहारस्वरूप थाइल्याण्ड भ्रमण प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले शनिबार हेटौंडाको रोयल पार्टी प्यालेसमा पहिलो हप्ताको लक्की ड्र कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका प्रबन्ध निर्देशक आयुष कुमार डोटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । साथै हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको आतिथ्यता रहेको थियो ।

यस साता फ्रेस मसलाको फेस्टिबल प्याक खरिद गरेर भाग लिएका हेटौंडा–१ की सन्जु मोक्तानले ३० केजीको खसी उपहार जितेकी छिन । विजेता मोक्तानलाई कम्पनीका म्यानेजिङ डाइरेक्टर आयुष कुमार डोटेलले खसी हस्तान्तरण गरेका थिए ।

कम्पनीका अनुसार, उपहार योजना असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा प्रत्येक हप्ताको लक्की ड्रमार्फत एक जनालाई खसी उपहार दिइनेछ भने बम्पर उपहारस्वरूप एक जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*