प्रधानमन्त्री निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइयो

काठमाडौँ । भ्रष्टाचारको विरोधमा जेन–जीले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बोलाइएको हो ।

सुरक्षा परिषद्‍को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । त्यस्तै परिषद् सदस्यहरूमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल रहेका छन् । त्यस्तै परिषद्को सचिवमा रामेश्वर दंगाल रहेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा समेत छिरेर प्रदर्शन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*