भरतपुर महानगरमा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहार

चितवन । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलित जेन–जीले भरतपुर महानगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनअगाडि जेन–जी सम्बद्ध एक समूहले सोमबार बिहान एक घण्टा प्रदर्शन गरेर आजका लागि कार्यक्रम सकिएको घोषणा गरे पनि त्यसपछि युवाहरुको स–सानो समूह हुँदै भरतपुर महानगरपालिका कार्यालय अगाडि भेला भएको थियो । पोसाकमै रहेका कलेजका विद्यार्थी पनि प्रदर्शनमा सामेल छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*