हेटौँडामा आज सबै विद्यालय बन्द रहने

हेटौँडा । सोमबारको हिंसात्मक घटनालाई ध्यानमा राख्दै हेटौँडा उपमहानगरपालिकाले आज मङ्गलवारका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले सोमबार साँझ सार्वजनिक गरेको सूचनामा नगर क्षेत्रका सबै सामुदायिक, निजी तथा संस्थागत शैक्षिक संस्थाहरू एक दिनका लागि बन्द रहने उल्लेख गरिएको छ। हिंसात्मक प्रदर्शनका कारण थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको हो ।

जेनजीले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यस्ता घटनाले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले यस्तो विषम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण नगरवासीलाई शान्ति र संयम अपनाउन आग्रह गरेको छ । साथै, परिस्थिति संवेदनशील ढङ्गले समाधान गर्न सबै पक्षलाई सहकार्यको अपील गरेको छ ।

(

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*