कर्फ्यू र निषेधाज्ञा हट्यो

मकवानपुर । मकवानपुरमा जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार बिहान १० बजेदेखि लागू हुनेगरी कर्फ्यू तथा निषेधाज्ञा हटाइएको जनाएको हो । कार्यालयले विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा विकसित घटनाक्रम र त्यसपछि उत्पन्न असहज अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै कर्फ्यू हटाउने निर्णय गरिएको स्पष्ट पारेको छ ।

मकवानपुरमा मंगलबारदेखि पटक–पटक गर्दै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको थियो। सुरक्षात्मक कारणले लिइएको सो निर्णय हटाइएसँगै पसल व्यवसाय,यातायात पूर्ववत् हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*