मुग्लिन–नारायणगढ सडकमा पहिरो जाँदा हजारौँ यात्रु अलपत्र

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो जाँदा शुक्रबार साँझदेखि हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजारौँ यात्रुहरू मर्कामा परेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार हिजो साँझ ६ बजे यता यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यमा पुन सकेका छैनन् । साथै सडकको दुरावस्था र खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ ।

‘मुग्लिनमा हजारौँ यात्रु अलपत्र छन् । आबुखैरेनीमा पनि त्यस्तै छ । देशभरका सबै सडक अस्तव्यस्त नै छ । यता बीपी राजमार्गको चौकिडाँडा, नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*