कामधेनुको साधारणसभा सम्पन्न,पत्रकार पराजुली सम्मानित

हेटौंडा । मकवानपुरका पत्रकार अनिल पराजुली आज सम्मानित भएका छन् । हेटौँडा उपमहानगरपालिका–६ स्थित कामधेनु बहुउद्देश्यीय सहकारी संस्था लिको २७ औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार पराजुलीलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष उदय विडारीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको उपस्थिती रहेको थियो ।

पराजुली गोरखापत्र दैनिकका हेटौडा संवाददाता तथा अनिरुद्ध खबर डटकमका प्रधान सम्पादक हुन् ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विडारीले आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिए । लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईंले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी ऋण उपसमितिका संयोजक केशव धिताल र खुत्रुके बचत उपसमितिकी सदस्य गोमा काफ्लेले समेत आ–आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरे ।

साधारणसभामा सहकारीले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरेको थियो । संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा र एकल महिला सदस्य रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

ज्येष्ठ शेयर सदस्यको हैसियतमा रामप्रसाद गौतम र हिरादेवी तिमल्सिनालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै, निर्वाचन संयोजक हिमाल पौडेल, सदस्य रूपेश दुलाल र राधिका गौतम, बढी व्याज बुझाउने गङ्गादेवी धिताल, बढी सेवा शुल्क बुझाउने भावना श्रेष्ठ, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने सान्वी दुलाल, व्यवसायी तर्फबाट उत्कृष्ट योगदान दिने उत्तमकुमार श्रेष्ठ, एसईई उत्तीर्ण विद्यार्थी शिक्षा दुलाल र कौशल पुडासैनी, साथै जोडी शेयर सदस्य राजु गौतम र अनिसा पुडासैनीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौँडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य विजय पौडेल, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका संस्थापक अध्यक्ष वासुदेव सापकोटा, नौलो बिहानी कृषि ऋण सहकारीका उपाध्यक्ष जयराम घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष राधिका गौतमलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*