होराइजन अटो हेटौंडामा पल्सर बाइक किन्दा पौडेलले जिते ५० हजार
हेटौंडा । बजाज मोटरसाइकलको अधिकृत विक्रेता होराइजन अटो प्रा.लि. हेटौंडा–१० बाट पल्सर १५० एसडी खरिद गर्दा चितवन भरतपुर–०७ का सुसिल दत्त पौडेल ‘प्लेयर अफ द वीक’ घोषित भएका छन् ।
बजाज प्रिमियर लिग अन्तर्गत सञ्चालित योजनामा सहभागी भई पौडेलले रु ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । आज होराइजन अटो परिसरमा आयोजित कार्यक्रममा उनलाई चेक हस्तान्तरण गरिएको सञ्चालक लालकाजी रत्न बज्राचार्यले बताए । उनका अनुसार बजाजको चाडपर्व लक्षित अफरले ग्राहकको उत्साह थप बढाएको बताए ।
बजाजले यस योजनाअन्तर्गत हरेक हप्ता एक जनालाई प्लेयर अफ द वीक घोषणा गरी पुरस्कार दिँदै आएको छ । साथै, भाग्यशाली विजेताले रु १ लाखसम्म जित्ने अवसर समेत पाउनेछन् ।























