प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरूसँग संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दललाई संवादका लागि आह्वान गरेकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, कात्तिक ४ गते मंगलबार दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल गर्न बोलाएकी हुन् । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएकी हुन् ।

उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा ९उपेन्द्र यादव० र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*