गायक लामाको नयाँ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

मकवानपुर । मकवानपुरको बकैया–७ निवासी गायक जनक लामाको नयाँ गीत काभ्रेली हिरो’ सार्वजनिक भएको छ । उक्त गीतमा जनक लामा र सुमिना लोको स्वर रहेको छ ।

गीतका शब्द अजय ब्लोनले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् । गीतको एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन्। अडियो रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो ।

“काभ्रेली हिरो” गीतले हास्य–व्यङ्ग्यात्मक ढङ्गमा रमाइला पाटाहरू र जीवनका भावनात्मक यथार्थतालाई प्रस्तुत गरेको छ । गीत तामाङ भाषामा आकर्षक संगीत र लयात्मक रहेको छ ।

गीतलाई युट्युबमार्फत जनक लामाको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ । यसअघि पनि थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले नेपाली संगीत क्षेत्रका श्रोता–दर्शकको मन जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*