१ लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिए

काठमाडौं । एक लाख ३६ हजार ६० जना थपिए नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार विहिबार साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । विहिबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका छन् ।

हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ र महिलाको संख्या ५४ हजार १७८ र अन्य १८ जना रहेका छन् । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*