सहकारी दिवसमा ३४ जनाले गरे रक्तदान
हेटौंडा । ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ को अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०८२ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ९ महिला र २५ जना पुरुषले रक्तदान गरेका हुन् ।
६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ मूल समारोह समित संयोजक नारायण प्रसाद देबकोटाको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबीनिवारण मन्त्रालय हेटौंडाका महाशाखा प्रमुख उमेश कुमार दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सञ्चालक रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समीर श्रेष्ठ, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाको प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो ।
यो बर्ष “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नाराका सहकारी दिवस मनाईंदै छ ।
सहकारी दिवसको अवसरमा चैत्र १९ गते सहकारी संरक्षण, समृद्धनमा अभियान र नियमकीय भूमिका बिषयक अन्तरसंवाद कार्यक्रमको गरिने आयोजक समितिले जनाएको छ ।






















