पाँचथरमा ९ जनाको विभत्स हत्या

शव विभत्स अवस्थामा घर बारिह र भित्र छरिएका छन्

७ जेठ,हेटौँडा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा स्थानीय प्रहरी चौकीबाट प्रहरीको टोली पुगिसकेको छ भने जिल्ला प्रहरीको टोली पुग्ने क्रममा छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक अनिल कुमार पौडेलको टोली घटनास्थल पुग्ने क्रममा रहेको छ । सोमबार राति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको हो । हत्या भएकाहरुको शव विभत्स अवस्थामा घर बारिह र भित्र छरिएका छन् । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक,३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*