हेटौंडामा यसरी मनाईयो राष्ट्रिय धान दिवस

अषाढ १५ , हेटौंडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । असार १५ गतेका दिन देशभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । मकवानपुरको हेटौंडामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ हटिया चिसापानी स्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले राष्ट्रिय धान दिवस मनाइएको छ । खेतमा धान रोपेर यो दिवस मनाइएको हो । प्रदेश तीनका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यालयले नै परीक्षण गरिरहेको धान रोप्दै जमीनको उत्पादकत्वमा वृद्धि गराउन उन्नत र प्रविधियुक्त खेतिप्रणाली सञ्चालन गरिनुपर्ने र जमीनलाई बाझो राख्न नहुने बताए । कार्यक्रममा बागमती गाउँ पालिका प्रमुख सर्केस घलान ,हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ का अध्यक्ष राम कृष्ण कोइराला विद्यालय ब्यावस्थापन समितिका पूर्व अध्यक्षहरु कमल विष्ट , रमेश प्रसाद खतिवडा , क्यापस समिति अध्यक्ष मोहन बस्ताकोटी लगायत को उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*