प्रदेश नम्बर तीन सरकारद्धारा विद्युतिय बस किन्न साझालाई ३० करोड रकम हस्तान्तरण
१६ असार, हेटौंडा । साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदका लागि प्रदेश नम्बर तीन सरकारले रकम हस्तान्तरण गरेको छ । सोमबार राजधानीमा आयोजित वातावरणमैत्री युरो मापदण्डका २० वटा बस सेवा शुभारम्भ र विद्युतीय बस संचालनको लागि सम्झौता तथा चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारले उक्त रकमको चेक साझालाई हस्तान्तरण गरेको हो ।विद्युतिय बस खरिदका लागि प्रदेश तीन सरकारले रु ३० करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेको हो । त्यस्तै ललितपुर महानगरपालिकाले २ करोड ५० लाखको चेक साझालाई हस्तान्तरण गरेको छ । साझासँगको सहकार्यमा आगामी दिनमा प्रदेश ३ लयायत नेपालभरि विद्युतिय बस सञ्चालन गरिने राखिएको छ । प्रदेश भित्रका शहरहरुमा विद्युतिय सवारि चलाउजे लक्ष्य रहेको प्रदेश-३ का आर्थिक तथा मामिला मन्त्री कैलाशमणि डुङ्गेलले बताए । कार्यक्रममा मुख्मन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर लगायतको उपस्थिति रहेको छ ।
























