प्रदेश नम्बर ३ को प्रदेश सभा भवन निर्माणका लागि साढे ४ करोड

१८ असार, हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको भवन निर्माण आउँदो आर्थिक बर्ष २०७६–०७७ मा गरिने भएको छ । निकै साघुरो र समस्याका बिचमा प्रदेश सभा सञ्चालन हुँदै आएको छ । यो समस्याको समाधान गर्नका लागि आउँदो आर्थिक बर्षका लागि प्रदेश सभा भवन निर्माण गर्नका लागि बजेट छुट्याएर भवन निर्माण गर्न लागिएको हो । प्रदेश सभा भवन निर्माण गर्नका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेट मार्फत सार्वजनिक गर्नुभएको छ । तर, प्रदेश सभाको भवन कहाँ निर्माण हुने भन्ने अझै पनि समस्या छ । प्रदेश ३ को राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन कहाँ निर्माण गर्ने भन्ने टुङ्गो नलागेको हो । प्रदेश सभा गठन भएको दुईवर्ष पुग्नै लाग्दा समेत राजधानीको टुङ्गो नलाग्दा सांसदहरु निकै आक्रोसीत भएका छन् । यता प्रदेश सभा संगै अरु मन्त्रालयको भवन निर्माण र प्रदेश स्तरका कार्यालयहरु कहाँ निर्माण गर्ने भन्ने समस्या बडेको छ । प्रदेशभाको भवन अहिले सानो तरिकाले थोरे खर्चमा निर्माण गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । साउन लागेपछी यसको निर्माणको काम सुरु गरिने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*