३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल र ज्याङ यान्युबीच भेट
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको हो । हाम्रो कृषि प्रणाली परम्परागत भएको भन्दै नेपालको कृषि प्रणालीमा अत्याधुनिक प्रविधि भित्र्याउन मुख्यमन्त्री पौडेलले बताउनुभयो । चक्लाबन्दी, टनेल खेति गरी उत्पादनसंगै कोल्ड स्टोर निर्माया गरी सम्पूण कृषिका प्रकृया एकै स्थानमा गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डारेक्टर यान्युले बताउनुभयो । काभ्रे र मकवानपुरमा तरकारी, धादिङ र रसुवामा फुजी स्याउ उत्पादन हुने मुख्यमन्त्री पौडेलले जानकारी गराउनुभएको थियो । डारेक्टर यान्युले प्रदेश संग समन्वय गरी लगानीसहित काम गर्ने बताएको मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय सचिब अनुप पौडेलले जानकारी दिनुभयो ।
























