२ वटा खसी पालेर र १० वटा फर्सी फलाएर धनी भइदैन – मन्त्री नेपाल

२१ असार ,हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले समृद्धिका लागि स्रोतको पहिचान गर्नका लागि आग्रह गर्नुभएको छ । नेत्र ज्योती सहकारी संस्था लिमिटेड, चौतारा साँगाचोकगढी नगरपालिका वडानम्बर १४, डडुवा, सिन्धुपाल्चोकको आयोजनामा सहकारी मार्फत जडिबुटि खेति विस्तार कार्यक्रम टिम्मुर खेती शुभारम्भ कार्यक्रमको आज उद्घाटन् गर्दै उहाँले नेपालका कुनैपनि स्रोतको समुचित प्रयोग गर्नका लागि आग्रह गर्नुभयो । अहिले पनि नाङ्गा डाँडाहरु र बाँझो खेतहरुमा फलफूल, जडिबुटि संगै उन्नत जातका विरुवाहरुको वृक्षारोपण गरि समृद्धि हासिल गर्ने दिशामा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो–‘कुन क्षेत्रमा कुन बिरुवा रोप्न सकिन्छ, पकेट क्षेत्र निर्माण गर्न सकिन्छ त्यसको अध्ययन सरकारको तर्फबाट गरिनेछ ।’ अहिलेको अवस्थामा २ वटा खसी पालेर, १० वटा फर्सी फलाएर, झोलामा तरकारी बेचेर धनी नभइने मन्त्री नेपालले बताउनुभयो । सहकारी मार्फत सामुहिक खेति गर्नुपर्ने उहाँले बताउनुभयो । पकेट क्षेत्रहरु निर्माण गरेर काम गरिनुपर्ने बताउनुभयो । विरुवाहरुको अभाव हुन नदिन, कृषकहरुलाइ सहज रुपमा बिरुवा व्यवस्था गर्न प्रदेशमा हाइटेक नर्शरीहरु स्थापना गरिने योजना रहेको मन्त्री नेपालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*