अबको तीन दिन भारी वर्षासहित बाढीपहिरोको सम्भावना

असार २२, २०७६ । असारको तेस्रो हप्तासम्म आइपुग्दा देशभरको मनसुन सक्रिय हुन थालेको छ। मनसुनको सक्रियतापछि देशभरका प्रायः ठाउँमा मौसम बदली भएर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजबाट देशैभर मनसुन थप सक्रिय हुने। महाशाखाका अनुसार मंगलबारसम्म नै देशका सम्पूर्ण भूभागमा मेग गर्जनसहित वर्षा हुने बताइएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘देशका विभिन्न भूभागमा सामान्यदेखि पूर्णबदलीसहित देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वी नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्छ।‘ बाढीपहिरोको समेत सम्भावना यस्तै, बाढी पूर्वानुमान विभागले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहनसमेत आग्रह गरेको छ। आगामी ३ दिन सम्म देशका प्रमुख नदीहरू कोसी, गण्डकी र कर्णालीमा बहाब बढ्ने र बाढी पहिरोको सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको हो। साना नदी तथा उपजलाधारहरू साना खोलानालाहरूमा बहाब सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागले देशको पश्चिमी जिल्लाहरू डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै पानी परेको छ। उपत्यकामा ७२ मिलिमिटर पानी परेको छ भने सबैभन्दा कम पानी नेपालगन्जमा परेको छ। नेपालगन्जमा शून्य दशमलव पाँच मिलिमिटर पानी परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*