प्रदेश तीनमा दुईवटा काष्ठकला उद्योग स्थापना हुदै
हेटौँडा । प्रदेश नम्बर तीन सरकारले हराउदै गएको परम्परागत काष्ठकलामा आधारित २ वटा उद्योग स्थापना गर्ने भएको छ । प्रदेश नम्बर तीनको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले मकवानपुर र सिन्धुली जिल्लामा उद्योग सञ्चालन गर्ने भएको हो । काष्ठ उद्योग स्थापनाका लागि यि जिल्लाहरुमा सम्भावित अध्ययन कार्य भइरहेको मन्त्रालयले जनाएको छ । नयाँ बर्षको बजेट कार्यक्रममा प्रदेश सरकारले उद्योग स्थापनार्थ आवश्यक कच्चा पदार्थ आपुर्तिका लागि अन्य क्षेत्रमा समेत बजेट बिनियोजन गरेको छ । मन्त्रालयले काष्ठ उद्योगका लागि काष्ठ कटान तालिमका लागि १५ लाख, कमसल काठ बलियो बनाउन काष्ठ सिजनिङ प्लान्टका लागि ५० लाख, काष्ठ कलाका जनशक्तिलाइृ तालिम प्रदान गर्न २४ लाख बजेट बिनीयोजन गरेको छ । यस्तै यि उद्योगका लागि मेसिनरी खरिदका लागि १० लाख, काठमा बुट्टा कुद्ने मेसिनका लागि २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।
यस्तै यि काष्ठकलाका साामग्रीबारे प्रचार प्रसार गर्न र अन्र्तराष्ट्रिय स्तरमा निर्यात गर्न गर्ने सहयोग पुर्याउने हेतुले ललितपुरमा हस्तकलाको आर्ट ग्लायरी समेत निर्माणका लागि ३० लाख रुपैयाँ बिनियोजन गरेको मन्त्रालयका शाखा अधिकृत नवराज पुडासैनीले जानकारी दिनुभयो ।
























